RE
Global College

नबिल बैंकमा मनोज ज्ञवालीको छलाङ, सिनियर डीसीईओमा नियुक्त

काठमाडौं । बैंकर मनोज ज्ञवाली नबिल बैंकको सिनियर डीसीईओ ९वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत०मा बढुवा भएका छन् । चार वर्ष अघि २०७७ जेठमा नबिल बैंकको नायब महाप्रबन्धक डीजीए नियुक्त भएका ज्ञवाली महाप्रबन्धक डीजीएम डेपुटी सीईओ हुँदै सिनियर डीसीईओ बढुवा भएका हुन् ।

गत बिहिबार बसेको सन्चालक समितिको बैठकले ज्ञवालीलाई सिनियर डीसीईओमा बढुवा गरेको हो ।

नबिल बैंकको उच्च पदस्थ कर्मचारीका रुपमा सेवा सुरु गरेका ज्ञवाली ४ वर्षमा ४ पटक बढुवा भएका हुन् ।

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर २०७७ जेठमा उनी नबिल बैंकको डीजीएममा नियुक्त भएका थिए।

ज्ञवालीसँगै बैंकमा अब दुई जना सिनियर डिसिओ भएका छन्। यसअघि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियर डिसिईओको रूपमा काम गर्दै आएका थिए।

NECO

Leave Your Comment

Related News