RE
Global College

नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स रोक्न सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपालमा नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। कृष्ण बहादुर थापाले सोमबार धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर यो रिट दायर गरेका हुन्।

रिटमा उनले नेपाल धितोपत्र बोर्डबाट जारी भएको धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्नका लागि बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ लगायतका संवैधानिक प्रावधानहरूलाई उल्लंघन गरेको आरोप लगाएका छन्। साथै, संविधानको धारा १३३(१), (२) र ३० अनुसार यो प्रक्रिया अमान्य गर्न माग गर्दै उनले रिट दायर गरेका छन्।

यस मुद्दामा नयाँ स्टक एक्सचेञ्जको सम्पूर्ण प्रक्रिया रोक्नको लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता भएको छ। उक्त रिटलाई रिट नम्बर ०८१-wc-००३५ मा दर्ता गरिएको जानकारी प्राप्त भएको छ।

NECO

Leave Your Comment

Related News