RE
Global College

बैङ्क खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिबार्य

काठमाडौं । माघ १ गतेबाट नागरिकले  बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो पुष २५  गते बिहीबार बैंक तथा वित्तीय संस्थाको लागि एकिकृत निर्देशन जारी गर्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको हो ।

यो व्यवस्था २०८१ माघ १ गतेदेखि लागु हुने छ। यदि राष्ट्रिय परिचयपत्र नभएमा राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक हुने छ।

निर्देशनमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ ।’

 

NECO

Leave Your Comment

Related News