RE
Global College

व्यावसायिक कारोबारसँग सम्बन्धित रकम व्यक्तिगत खातामा लिने दिने गरेमा शंकास्पद कारोबार हुने

काठमाडौं । नेपाल  राष्ट्र बैङ्कले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने कार्य गरेमा तेस्तो कार्य शंकास्पद कारोबारको रुपमा बुझ्नु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त बैङ्क तथा बित्तिय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो बताएको हो । राष्ट बैङ्कले जारी गरेको एकीकृत निर्देशनमा ” कानूनी व्यक्ति वा कानूनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानून बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा शंकास्पद कारोबारको रुपमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ” । उल्लेख छ ।

NECO

Leave Your Comment

Related News