CLI
Global College

१५ अंकले घट्यो नेप्से, समूह सूचकहरु शतप्रतिशत राताम्ये

काठमाडौं । बिहीबार देखि घटेको शेयर बजार सोमबार पनि दोहोरो अंकले घटेको छ ।

साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५६ अंकले घटेर ४४१.४२ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.९८ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७२ अंकले घटेको हो ।

सोमबार ३२२ वटा कम्पनीको १ करोड ३८ लाख ७० हजार कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम २ अर्ब ६५ करोड २९ लाख ७४ हजारे बढी हो । आइतबार ३०१ वटा कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार रहेको थियो । साथै बिहीबार भने ३०८ वटा कम्पनीको १ करोड ५७ लाख २३ हजार कित्ता शेयर कारोबार हुदाँ करोबार रकम ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रहेको थियो ।

सोमबार ६३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार शतप्रतिशत समूह परिसूचक घटेको छ । बैंकिङ ५, विकास बैंक ३१, वित्त ३९, होटल र पर्यटन ९०, जलविद्युत १८, लगानी ०.६०, जीवन बीमा ६४, उत्पादन र प्रशोधन ५१, लघुवित्त २२, म्युअुचल फण्ड ०.०८, निर्जीवन बीमा ३, व्यापार ८४ र अन्य समूह १३ अंकले घटेको हो ।

सोमबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, ङादी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, सिन्धु विकास बैंक र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड रहेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४५ करोड २५ लाख, ङादी हाइड्रोपावर लिमिटेडको २८ करोड २७ लाख, हिमालयन पावर पार्टनर लिमिटेडको १५ करोड ६० लाख, सिन्धु विकास बैंकको १३ करोड ३३ लाख र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको १२ करोड ९९ लाख बराबर कारोबार भयो ।

Leave Your Comment

Related News