RE
Global College

फोनपेको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस २९ गते ललितपुरमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा फोनपेको साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आव २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।

NECO

Leave Your Comment

Related News