CLI
Global College

नेशनल लाईफको बाल अमृत– ४ सावधिक बीमालेख जारी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना बरिष्ठ अभिकर्ताहरुको राय सुझाव र मागलाई मध्येनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ ।

जुम मिटिङ मार्फत जोडिनु भएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृतले यस बीमालेखको समुद्घाटन गर्नु हुँदै विगतमा पनि अभिकर्ता तथा बीमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बीमालेखलाई अझ बढि परिष्किृत गरी बाल अमृत सावधिक बीमालेख – ४ योजना प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी लागेको र बाल बच्चाको सुमधुर भविष्यसंग सम्वन्धित यो योजना कम्पनीकै एक अव्वल योजना रहेको बताए ।

यस बीमालेख योजनाका विशेषताहरुका सम्वन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रष्ट्याउँँदै यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० बर्ष र अधिकतम ५० बर्ष सम्म रहने प्रावधान रहेको छ । यस बीमालेखमा प्रस्तावकको रुपमा बुवा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयश्रोतको आधारमा ५० लाख सम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ र बीमाशुल्क मासिक, त्रैमासिक अर्धबार्षिक र बार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० बर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको बताए ।

यस बीमालेखलाई प्रवर्द्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताहरुका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागू गरिएको बताए । साथै उनले सम्पुण अभिकर्ता, बीमित र कम्पनीका शुभेच्छुकहरुले कम्पनीको मोवाईल एप्स, वेब साईट र नेपालभर रहेको जुन सुकै शाखा कार्यालयहरुमा गएर पनि यस सम्वन्धि विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको जानकारी दिए ।

Leave Your Comment

Related News