RE
Global College

पोखरा फाइनान्सले खराब कर्जा ३३ प्रतिशतमा झार्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा धेरै भएको भन्दै समस्याग्रष्ट घोषणाको तयारी गरिरहँदा पोखरा फाइनान्सले खराब कर्जा ३३ प्रतिशतमा झारेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखरा फाइनान्सले खराब कर्जा ३३.४४ प्रतिशत मात्रै देखाएको हो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा फाइनान्सको खराब कर्जा ३३.४४ प्रतिशत मात्रै छ।

राष्ट्र बैंकले यसअघि पहिलो त्रैमासमा खराबकर्जा लुकाएको भन्दै फाइनान्सको खरबकर्जा ४० प्रतिशत माथि रहेको जनाएको थियो। दोस्रो त्रैमासमा भने फाइनान्सले ३३.४४ प्रतिशतको खराबकर्जा देखाएको हो।

फाइनान्सको चालु आवको दोस्रो त्रैमासमा ६३ करोडले ऋणात्मक छ। गत वर्ष फाइनान्सको यस्तो नाफा २ करोड ९० लाख रुपैयाँ थियो।

NECO

Leave Your Comment

Related News