RE
Global College

सरकारले कर्मचारीका लागि जारी गरेको साइबर सुरक्षा एड्भाइजरीमा के छ ? (पूर्णपाठ)

काठमाडौं । सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ ।

सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी रहेको एड्भाइजरीमा कार्यालयका वेबसाइटहरु नियमित रुपमा अपडटे गर्ने, पास वर्ड राख्दा सहजै अनुमा गर्न नसक्ने गरी सुरक्षित खालको राख्ने, नयाँ सुचना प्रविधि प्रणालीहरुको विकास गर्दा अनिवार्य रुपमा प्रत्यिक चरणमा सुरक्षा परीक्षण गरेर मात्र प्रयोगला ल्याउने, तीन तीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ ।

यस्तै, आफ्नो निकायमा प्रयोग भइरहेका साइबर सुरक्षाका उपकरणहरू उचित कन्फीग्रेसन र सेक्युरिटी हार्डन गरी मात्रै प्रयोग गर्न भनिएको छ ।

यस्तै प्रणालीहरूको कम्तीमा पनि वर्षको एक पटक अनिवार्य रूपमा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाउने र त्यसको अडिट लग रहने व्यवस्था मिलाउन पनि भनेको छ ।

महत्वपुर्ण डेटा र सेवाहरुसँग सम्वन्धित सर्भर र अन्य नेटवर्क उपकरणलाई सुरक्षित बनाउन सेमिग्रेसन लागु गर्ने , एक भन्दा बढी सेवा, वेबसाईट तथा एप्लिकेशन मा एउटै पासवर्ड प्रयोग नगर्ने लगायताका बिषय समेटिएका छन् ।

 

 

NECO

Leave Your Comment

Related News