RE
Global College

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । यस शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले बताए । प्रदर्शनी मार्ग शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

NECO

Leave Your Comment

Related News