RE
Global College

लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषको, प्रयोग कसरी गर्ने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले  २०८१पुष २३  मा जारी गरेको ‘लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ ́ मा लघुवित्त वित्तीय संस्थाहरूले ऋणीहरूको हितमा खर्च गर्नेगरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्ने व्यवस्था गरेको छ  ।  राष्ट्र बैङ्कका अनुसार संस्थाले उक्त कोष सञ्चालनको लागि कार्यविधि तयार गर्नुपर्दछ र उक्त कोषको रकम सम्पूर्ण ऋणीहरूको व्यवसाय सञ्चालन सीप जस्तैः लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा गर्न पाइन्छ ।

त्यसैगरी कोषमा भएको रकम उद्यमशीलता विकाससम्बन्धी कार्यक्रममा, समस्यामा परेका ऋणीहरूको पुनर्स्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा,  ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधी उपचार, काजक्रिया, शिशु स्याहार जस्ता) मा समेत गणना गर्न पाइनेछ ।

यसै गरि यो कोषमा जम्मा भएको पैसा लघु बित्त तथा बित्ति संस्थाले  प्राकृतिक प्रकोप, सरुवा रोगबाट सिर्जित महामारीको अवस्थामा दिइने सहयोग,  सदस्यका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवम् पाठ्यसामग्री प्रदान गर्दा , सदस्यहरूको नियमित स्वास्थ्य जाँचको लागि हेल्थ क्याम्प सञ्चालन, नजिकको स्वास्थ्य चौकीहरूमा स्वास्थ्य उपकरण खरिदको गर्दा,  वातावरणीय संरक्षण जस्तैः वृक्षारोपण जस्ता कार्यमा खर्च गर्नु पर्ने राष्ट्र बैङ्के जारी गरेको मार्ग दर्शनमा उल्लेख छ ।

 

 

NECO

Leave Your Comment

Related News