CLI
Global College

धितोपत्र बोर्डबाट एमबीएल इक्विटी फन्डलाई निष्कासन अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सञ्चालनमा ल्याउन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले निष्कासन अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले एमबीएल इक्विटी फन्डलाई निष्कासन अनुमति दिएको छ। अब माछापुच्छ्रे क्यापिटलले यो म्युचुअल फन्डको १ अर्ब २० करोड रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिनेछ।

यो म्युचुअल फन्ड बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकका रुपमा माछापुच्छ्रे बैंक रहेको छ।

Leave Your Comment

Related News