RE
Global College

कुन वाणिज्य बैंकले फागुनका लागि कति तोके ब्याजदर ?

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेका २० वटा वाणिज्य  बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको ब्याजदर अनुरुप अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

माघ महिनामा औषतमा ६.००१ प्रतिशत रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशत नै कायम गरिएको छ ।

फागुन महिनाका लागि दुई वटा बैंकहरुले भने ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएका हुन्।

NECO

Leave Your Comment

Related News