CLI
Global College

छिमेक लघुवित्त वित्तीय संस्था एकलाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीले हाल बिध्यमान शेयरधनी चोलराज शर्मा जोसीको नाममा  रहेको ५० हजार कित्ता, अर्जुन पन्तको नाममा रहेको ३० हजार कित्ता र अभय बहादुर शाहको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर किक्रिमा राखेको जनाएको छ  । शेयरको न्युनतम मूल्य प्रति कित्ता ४४५ तोकिएको छ ।

बिक्रिमा रहेको उक्त संस्थापक शेयर खरिद गरी लिन ईच्छुक हाल कायम वित्तीय संस्थाका संस्थापक ३५ (पैतिस) दिन भित्र (अन्तिम दिन विदा परेमा कार्यालय खुलेको दिन) सम्बन्धित शेयरधनीसँग समन्वयन गरी आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय, मध्यबानेश्वर, काठमाण्डौंमा आफुले खरिद गर्ने शेयर कित्ताको व्यहोरा खुलाइ आबेदन दिनु पर्नेछ  ।

संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको म्याद भित्र हाल कायम संस्थापक शेयरधनी ले आवेदन पेश नगरेमा  प्रचलित नियमानुसार अन्य व्यक्ति/ संस्थालाई बिक्रि गरिने कम्पनीले जनाएको छ ।

 

Leave Your Comment

Related News