१३६.५७ अंक बढेपछि नेप्सेमा करेक्सन

काठमाडौं । ९ कारोबार दिन पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा करेक्सन आएको छ । फागुन ४ गतेदेखि नियमित रुपमा बढेको नेप्से आज अर्थात फागुन १९ गते करेक्सन आएको छ ।

९ करोबार दिनमा नेप्से १३६.५७ अंकले बढेको थियो । २६७८.४७ अंकबाट माथि लाग्न थालेको नेप्से परिसुचक २८९०.२८ मा पुगेर घटेको हो ।
१३.६२ अंकले घटेको नेप्से परिसुचक आज २८७६.६६ अंकमा आएर बन्द भएको छ ।

आज नेप्सेमा ३०० कम्पनीको शेयर १ लाख ३९ हजार ५५५ पटक कारोबार भएको छ । ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको करोबार भएको छ ।

आज ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तोमा ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

लाइफ इन्स्योरेन्स, उत्पादन मुलक, म्यूचअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र अन्य उपसमूह बढेको छ । बाँकी उपसमूह घटेका छन् ।

लाइफ इन्स्योरेन्स उपसमूह ११३.२१ अंकले बढेको छ । होटल एण्ड पयर्टन समूह १३३.०९ अंकले घटेको छ ।

ग्रार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार