RE
Global College

सजिलो नेटको ब्राण्ड एम्बासडरमा बद्री पंगेनी नियुक्त 

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रका बीचमा गायक पंगेनीलाई सजिलो नेटले ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।

सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको कम्पनी हो  ।

कार्यक्रममा सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो,” सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्कीले भने, “बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।“

लोकप्रिय गायक बद्री पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको र  सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु।”

 

NECO

Leave Your Comment

Related News