सहुलियत पूर्ण कर्जा : साढे १ खर्ब वितरण र करिब १ खर्ब वितरण गर्न बाँकी

काठमाडौं ।सरकारले चालु आर्थिक वर्षको सात महिनाको अवधि (साउन दखि माघसम्म) मा साढे १ खर्ब बढी सहुलियतपूर्ण कर्जा वितरण गरेको छ भने करिब १ खर्ब वितरण गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सहुलियतपूर्ण कर्जा १ खर्ब ६१ अर्ब ५७ करोड ११ लाख वितरण गरेको छ । उक्त कर्जा १ लाख ७ हजार ४३१ जना ऋणीलाई कर्जा वितरण गरिएको हो ।

समिक्षा अवधिमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ९२ अर्ब ६२ करोड १६ लाख , शिक्षित युवा स्वरोजगार कर्जा ४ करोड १२ लाख , विदेशबाट फर्केका युवा परियोजना कर्जा ५१ करोड ४३ लाख, महिला उद्यमशील कर्जा ६६ अर्ब ७४ करोड १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा ५० करोड ४९ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा २ करोड ६७ लाख, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा १ करोड २५ लाख, कपडा उद्योग सञ्चालनका लागि कर्जा १ अर्ब ८ करोड ८१ लाख, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम कर्जा ४ लाख र युवा वर्ग स्वारेजगार कर्जा १ करोड ९५ लाख वितरण गरिएको छ । उक्त कर्जाहरु क्रमशः ४० हजार ५६० जना, ८४ जना, ६३१ जना, ६५ हजार १६८ जना, ७०३ जना, ७५ जना, ९६ जना, २ जना र ६२ जना गरी कुल १ लाख ७ हजार ४३१ जनालाई उक्त कर्जा प्रजाह गरिएको हो ।

समिक्षा अवधिमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ६९ अर्ब ३२ करोड ६९ लाख , शिक्षित युवा स्वरोजगार कर्जा ६८ अर्ब , विदेशबाट फर्केका युवा परियोजना कर्जा १६ करोड ५९ लाख, महिला उद्यमशील कर्जा २८ अर्ब २७ करोड २९ लाख , दलित समुदाय व्यवसाय विकास कर्जा २१ करोड २ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १ करोड ५४ लाख , भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा २२ लाख १३ हजार, कपडा उद्योग सञ्चालनका लागि कर्जा ९२ करोड ५४ लाख , प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम कर्जा ६८ लाख र युवा वर्ग स्वारेजगार कर्जा १ करोड १३ लाख वितरण गर्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको लागि सरकारले करिब साढे २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण गर्ने लक्ष्य राखेको थियो ।

समिक्षा अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा क्रमशः वाणिज्य बैंक, विकास बैंक र लघुवित्तहरु रहेका छन् । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब ३८ अर्ब ७८ करोड ८४ लाख, विकास बैंकले २० अर्ब २१ करोड ३६ लाख र फाइनान्सहरुले २ अर्ब ५१ करोड १९ लाख वितरण गरेको छ । उक्त बैंक तथा वित्तीय संस्थाहरुले क्रमशः वाणिज्य बैंकले ९१ हजार ९८४ जना, विकास बैंकले १३ हजार ८९२ जना र फाइनान्सहरुले १ हजार ४९७ जनालाई कर्जा प्रदान गरेको हो । वाणिज्य बैंक, विकास बैंक र लघुवित्तहरुले वितरण गर्न बाँकी कर्जाहरु भने क्रमशः ८६ अर्ब ५० करोड ७६ लाख, १० अर्ब ७५ करोड १३ लाख र १ अर्ब ६४ करोड ९४ लाख रहेको छ ।

पछिल्लो समय सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै यसको सही सदुपयोगमा सरकारले जोड दिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अधिकारीहरुका अनुसार सहुलियपूर्ण कर्जा जसलाई वितरण गर्ने उसलाई मात्र र आवश्यकता अनुरुप वितरण गर्नुपर्ने बताउँछन् । सहुलियतपूर्ण कर्जा वास्तविक भन्दा पनि पहुँचका आधारमा वितरण गर्दा समस्या भएको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार वास्तविक उद्यमी तथा विदेशबाट फर्केका र महिला उद्यमी भन्दा पहुँचका आधारमा काम नगर्नेका लागि वितरण हुँदा समस्या भएको हो । ब्याज अनुदानमा वितरण गरिने सहुलियतपूर्ण कर्जाको सहि सदुपयोगले व्यक्तिहरुको आर्थिक क्षमतामा वृद्धि गर्नुका साथै मुलुकको आर्थिक अवस्थामा समेत सुदृढीकरण गर्न सहयोग पुग्ने विज्ञहरु बताउँछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार