RE
Global College

अबका दिनमा कृषि अनुदान पारदर्शी हुने : कृषि मन्त्री रामनाथ अधिकारी

काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मंगलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् ।

कृषिमन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुआत गरेकाले अबका दिनमा अनुदान पारदर्शीे हुने र सबै विवरण हेर्न सकिने बताए । उनले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको बताए ।

विगतका पाँच वर्षमा एक खर्ब पाँच अर्ब रकम कृषि अनुदानमा खर्च भएको उल्लेख गर्दे मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान प्रक्रिया अहिले रोकिएको बताए । उनले निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पुरा हुने धारणा राखे ।

NECO

Leave Your Comment

Related News