RE
Global College

कुलमान बर्खास्तीबारे माओवादी बोल्यो, आयोग गठनको सहमतिसँग जोडेर दुष्प्रचार गरियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कडा आपत्ति जनाएको छ। पार्टीले सरकारको उक्त निर्णयलाई बदनियतपूर्ण र आपत्तिजनक भएको बताउँदै यसको घोर विरोध गरेको छ।

माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा बिचौलिया र दलालहरूको स्वार्थअनुसार घिसिङलाई हटाइएको आरोप लगाउँदै भनिएको छ, “यो निर्णय इमानदार र सक्षम प्रशासकहरूलाई मानसिक त्रास दिन योजनाबद्ध रूपमा गरिएको छ। यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी सरकारसमक्ष जोडदार माग गर्दछ।”

साथै, माओवादी केन्द्रले घिसिङको बर्खास्तीलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्यनिरूपण आयोग गठनसम्बन्धी सहमतिसँग जोडेर भइरहेको प्रचारप्रति पनि आपत्ति प्रकट गरेको छ।

“यस विषयलाई लिएर पार्टी अध्यक्षप्रति प्रायोजित दुष्प्रचार भइरहेको छ, जसले जनमानसमा भ्रम फैलाउने काम गरेको छ। हाम्रो पार्टी यस्ता भ्रामक प्रचारलाई खारेज गर्छ र तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छ,” विज्ञप्तिमा उल्लेख छ।

NECO

Leave Your Comment

Related News