RE
Global College

सोपान मल्टिपल कम्पनीको ३ लाख ३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्रीका लागि आवेदन दिएपछि कम्पनीले ३ लाख ३ हजार ४२६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिशेयर चुक्ता मुल्य रु १०० रहेको छ । कम्पनीका अनुसार हाल उक्त शेयर संस्थापक शेयरधनीहरुले खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका – ३२, सुविधानगरमा सम्पर्क गरी आफुले खरिद द गर्न चाहेको शेयर संख्या तथा मुल्य खुलाई निवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधि भित्र शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुबाट कम्पनीमा निवेदन नआएको खण्डमा विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति वा संस्थालाई पनि बिक्रीकर्ताको सहमतिमा संस्थापक शेयर खरिद बिक्री गर्न स्वीकृति दिइने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News