RE
Global College

घिसिङ र शाक्यको सुनुवाई एउटै इजलासमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटको पेसी एउटै इजलासमा परेको छ ।

कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनर्स्थापनाको मागसित कुलमानले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ । यसैगरी २०७८ मा आफूलाई मन्त्रालय तानी कुलमानलाई नियुक्त गर्नै सरकारको निर्णय अवैधानिक भएको दाबी गर्दैअघिल्लो रिक्त कार्यकालको पारिश्रमिक माग गरेर शाक्यले दायर गरेको रिटको पेसी गोलाप्रथाद्वारा पनि मुसलमानकै इजलासमा परेको छ।

घिसिङको पेसी इजलासको दोस्रो र शाक्यको पाँचौँ नम्बरमा रहेको छ ।

घिसिङको रिटमाथि सुनुवाई सुरु भएको छ भने शाक्यको पेसी इजलासको पाँचौँ नम्बरमा रहेको छ ।

NECO

Leave Your Comment

Related News