CLI
Global College

गोर्खाज फाइनान्सद्धारा सिइओका लागि पुन: आवेदन माग

काठमाडौं । गोर्खाज फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त माग गरेको छ । फाइनान्सले रिक्त पदमा पदपूर्ति गर्ने गरी दरखास्त माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपालीले १५ दिनभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् । फाइनान्सको सीईओ बन्न व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने मागमा उल्लेख छ ।

त्यस्तै, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

Leave Your Comment

Related News