RE
Global College

हिमालयन डिष्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त

काठमाडौं ।हिमालयन डिष्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त भएका छन् ।चैत २० गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले रित्त रहेको सञ्चालन समितिको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस अघिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिए पछि पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहको राजीनामा स्वीकृत गरेको थियो ।

यसअघि पाण्डे कम्पनीको सञ्चालक समिति सदस्य रहेका थिए । चैत २० गतेदेखि नै लागू हुने गरी पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News