CLI

नेपाल माइक्रो इन्स्योरेन्सको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको ७५ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बिहीबार नेप्से र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य सय रुपैयाँ कायम भएको ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआइएमबि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारण शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता ( ७०%) शेयर समेत सो बराबर साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२० गतेको निर्णयानुसार सूचीकरण गरिएको हो ।

धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय भरतपुर, चितवन रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, बानेश्वर, काठमाडौंबाट हुने छ ।

Leave Your Comment

Related News