RE
Global College

बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा गरिएको छ ।

कम्पनीले सूचना जारी गर्दै २०८१/०७/२१ भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई १ : १ (अर्थात् आफ्नो नाममा कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता) शेयरको जारी गरिएको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भई अभौतिक रुपमा कारोबार भैसकेको जनाएको छ ।

मिति २०८१/०७/२० गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा हकप्रद शेयर निजहरुको हितग्राही खातामा नै जम्मा गरिएको कम्पनीले जनाएको छ ।

साथै, सो मिति पश्चात् शेयर अभी अभौतिकीकरण तथा भौतिक रुपमा हकप्रद शेयर आवेदन गरेका शेयरधनीहरुको हकमा शेयर अभौतिकीकरण गराए पश्चात् क्रमशः शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त हकप्रद शेयर जम्मा हुने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगर्ने शेयरधनीहरुले शेयर अभौतिकीकरण गराइ आफ्नो हकप्रद शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News