CLI
Global College

बैंक तथा फाइनान्स कम्पनीहरूले चिनियाँ बैंकमा युआन खाता खोल्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूले चिनियाँ वाणिज्य बैंकहरूमा युआन खाता खोल्न सक्ने बताएको छ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट जारी गरिएकोे एकीकृत परिपत्र–२०८१, एकीकृत परिपत्र–२०८० र त्यसपछि फागुन १९ सम्म जारी परिपत्र-सूचना समेत समावेश गरी परिमार्जन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले यस बैंकको स्वीकृति लिई चीनस्थित कुनै पनि वाणिज्य बैंकमा युआनमा खाता खोल्न सक्नेछन् । बैंक÷वित्तीय संस्थाहरूले कारोबारका लागि आवश्यक पर्ने परिवत्र्य विदेशी मुद्रा बिक्री गरी चिनियाँँ मुद्रा युआन खरिद गर्न सक्नेछन् र खरिद गरिएको युआन चीनस्थित वाणिज्य बैंकमा खोलिएको खातामा जम्मा गर्न सक्नेछन् । साथै, बैंकहरूले चिनियाँ मुद्रामा जम्मा भएको मौज्दात आवश्यकताअनुसार बिक्री गरी परिवत्र्य विदेशी मुद्रा खरिद गर्न पनि सक्ने, परिपत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय व्यापारका भुक्तानीसम्बन्धी प्रचलनहरू तथा यस बैंकबाट जारी परिपत्रहरूको अधीनमा रही नेपालका बैंक तथा वित्तीय संस्थाहरूले नेपाली व्यापारिक फर्म तथा चिनियाँ व्यापारिक फर्महरूबीचको व्यापारको लागि प्रतीतपत्र, ड्राफ्ट, टीटीलगायतका माध्यमबाट हुने भुक्तानी र हिसाब मिलान चिनियाँ मुद्रा युआनमा गर्न सक्नेछन् । नेपाली निर्यातकर्ताहरूले चिनियाँ बजारमा गर्ने वस्तु निर्यात, सेवा बिक्री तथा नेपाली फर्म, कम्पनी वा उद्योगले चीनबाट प्राप्त गर्ने ऋण वा प्रत्यक्ष वैदेशिक लगानीबापत प्राप्त रकम सम्बन्धित बैंकरवित्तीय संस्थाहरूले युआनमै खाता खोली जम्मा गर्न सक्नेछन् । परिपत्रअनुसार राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था एवं फर्म, कम्पनी, संस्थाहरूले नेपाल भ्रमणमा आउने चिनियाँँ पर्यटकका अतिरिक्त अन्य ग्राह्य स्वदेशी तथा विदेशी व्यक्तिहरूबाट प्रचलित विनिमय दरमा चिनियाँँ मुद्रा युआन खरिद गर्न सक्नेछन् । यसरी गरिने खरिद पर्यटकहरूबाट सोझै  वा इजाजतपत्रप्राप्त अन्य निकायहरूमा  होटेल, ट्राभल एजेन्सी, मनिचेन्जर आदिमार्फत पनि गर्न सकिनेछ । सम्बन्धित बैंक/वित्तीय संस्थाहरूले खरिद गरेको युआन चीनस्थित वाणिज्य बैंकमा खोलिएको आफ्नो खातामा जम्मा गर्न पठाउन सक्नेछन् ।

परिपत्र अनुरुप प्रचलित व्यवस्थाअन्तर्गत रही चीनमा अध्ययन गर्ने विद्यार्थीलाई निर्वाह खर्च तथा निजले अध्ययन गर्ने विश्वविद्यालय÷कलेजको नाममा शिक्षण शुल्कबापत चिनियाँ युआनमा समेत सटही सुविधा उपलब्ध गराउन सकिनेछ । चिनियाँ मुद्रा युआनमा आय प्राप्त गर्ने व्यक्ति, फर्म, कम्पनीले खोलेको युआन खाताबाट प्रचलित व्यवस्थाअनुरूप तोकिएको सीमासम्म युआनमा भुक्तानी गर्न सकिने बताइएको छ । प्रचलित व्यवस्थाबमोजिम विदेशी मुद्रामा खाता खोल्न ग्राह्य व्यक्ति, फर्म, कम्पनी वा संस्थासँग चिनियाँ मुद्रा लिएर सटही गरी अन्य परिवत्र्य विदेशी मुद्रामा खाता खोल्नरजम्मा गर्न पाइने छैन । चिनियाँ मुद्रामा जारी भएका क्रेडिटरडेविट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिनेछ । यस्तो रकमको हिसाब मिलान चीनस्थित आफ्नै युआन खाताबाट गर्न सकिने छ ।

राष्ट्र बैंकले विदेशी मुद्रामा खाता खोल्ने र सञ्चालन गर्नेसम्बन्धी व्यवस्थामा वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरूलाई पनि सहज हुने व्यवस्था गरेको छ । यो व्यवस्थाअनुसार परिवत्र्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायहरूले परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न सक्नेछन् । प्राकृतिक व्यक्तिको खाता खोल्दा त्यस्तो विदेशी मुद्रा वैध स्रोतबाट प्राप्त भएको सम्बन्धी स्वघोषणा लिनुपर्नेछ । साथै, प्राकृतिक व्यक्तिको हकमा नगद परिवत्र्य विदेशी मुद्राको आधारमा खाता खोल्दा अमेरिकी डलर पाँच हजारभन्दा बढीको हकमा नियमानुसारको भन्सार घोषणा कागजात लिनुपर्नेछ । परिवत्र्य विदेशी मुद्रामा चल्ती खाता, बचत खाता, कल खाता र मुद्दती खाता खोल्न सकिने जनाइएको छ ।

Leave Your Comment

Related News