सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बैंकले उक्त शेयर आम सर्वसाधारणका व्यक्ति, संस्था र कम्पनीका लागि आज मंगलबारदेखि बिक्री खुला गरेको हो ।

यस अघि सोही संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो । संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

खरिद गर्न इच्छुक १५ दिन भित्र आवेदन दिनुपर्ने छ । आफुले खरिद गर्न चाहेको कित्ता खुलाएर बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा गएर बोलपत्र पेश गर्न सकिने छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार