काठमाडौं । साताको पहिलो दिन आइतबार सामान्य अंकले घटेको शेयर बजार मंगलबार भने बढेको छ ।
मंगलबार भने नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.०७ अंकले बढेर ४५०.५२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९९ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.४१ अंकले बढेको हो ।
मंगलबार ३२० वटा कमपनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर खरिब बिक्री हुँदा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम २ अर्ब २६ करोड ४० लाख ६१ हजारले बढी हो ।
आइतबार ३२२ वटा कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब २८ करोड २ लाख ९६ हजार पुगेको थियो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४४ खर्ब ७० अर्ब ५१ करोड पुगेको छ ।
यसदिन २१२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ११ वटा उपसमूह बढ्दा २ वटा घटेको छ । बैंकिङ ७, विकास बैंक १३३, वित्त ४०, होटल र पर्यटन १२८, जलविद्युत ५१, लगानी ३, जीवन बीमा १०७, उत्पादन र प्रशोधन ८६, लघुवित्त २९ , निर्जीवन बीमा १३२ र अन्य समूह १५ अंकले बढेको छ । भने म्युअुचल फण्ड ०.०१ र व्यापार ३० अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, राधी विद्युत कम्पनी, सिइडीबी होल्डिङस लिमिटेड र हिमालयन रिइन्स्योरेन्स रह्यो । बलेफी हाइड्रोपावरको २ अर्ब १ करोड २९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४२ करोड २२ लाख, राधी विद्युत कम्पनीको ३६ करोड २२ लाख, सिइडीबी होल्डिङस लिमिटेडको ३२ करोड ७७ लाख र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड २० लाख बराबर करोबार भयो