RE
Global College

रिलायबल समृद्धि योजनाको ८ करोड ५० लाख इकाई आजदेखि बिक्रीमा

काठमाडौं । रिलायबल समृद्धि योजना ( बन्दमुखी योजना) को ८ करोड ५० लाख इकाइ आजदेखि सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको छ ।

रिलायबल समृद्धि योजनाको प्रति इकाई अंकित मूल्य रु.१०  दरको दश करोड  इकाईमध्ये बीज पूँजी वापत कुल इकाईको १५ (पन्ध्र) प्रतिशत अर्थात एक पचास लाख इकाईमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई कुल निष्काशनको १४ प्रतिशत अर्थात एक करोड चालीस लाख  इकाई तथा योजना व्यवस्थापक रिलायबल इन्भेष्टमेन्ट एण्ड लिमिटेडलाई १ प्रतिशत अर्थात दश लाख इकाई सुरक्षित गरिएको छ ।

बाँकी न्युनतम ८ करोड ५० लाख इकाई बुधबारदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरिएको हो ।

इकाई खरिदका लागि न्युनतम १०० इकाईदेखि अधिकतम् एक करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

NECO

Leave Your Comment

Related News