RE
Global College

गभर्नर बनाउन लागिएका भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौं । गभर्नर बन्न नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणकार भट्टविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।

गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै अघिवक्ताद्धय विशाल थाप र प्रतिमा उप्रेतीले सर्वोच्चमा पूरक निवेदन दर्ता गरेका हुन् ।

भट्टले राजनीतिक नेतृत्वबाट ग्रिन सिंग्नल पाएपछि शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन्। राजीनामा स्वीकृत नहुँदै गभर्नर बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।

अधिवक्ताद्वय उप्रेती र  थापाले यसअघि गभर्नर नियुक्ति सम्बन्धी मापदण्डमा ६५ वर्षे उमेर हद नलाग्ने संशोधन विरुद्ध परेको रिटमाथि अन्तरिम आदेशबारे छलफल हुँदैछ। उक्त रिटको पुरक निवेदनका रुपमा उप्रेती र थापाले शुक्रबार भट्टविरुद्धको रिट पनि दर्ता गरेका हुन्।

भट्टको योग्यताथि प्रश्न उठाउँदै पुरक निवेदन परेसँगै गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालत प्रत्यक्ष रुपमा जोडिन पुगेको छ।

NECO

Leave Your Comment

Related News