रिभर फल्स पावरको लकइन अवधि कहिलेदेखि सकिंदैछ ?

काठमाडौं । रिभर फल्स पावरको सवा ४३ लाख कित्ता कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ८ गतेबाट सकिने भएको छ।

कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन सकिन लागेको हो। जसमा संस्थापक शेयरधनीको ३५ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीको ७ लाख कित्ता र कर्मचारीको ५४ हजार ६०० कित्ता रहेको छ।

कम्पनीले सर्वसाधारणका लागि २०७९ वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट २०७९ जेठ ९ गते भएको थियो।

नियामकीय प्रावधानअनुसार सर्वसाधारणमा जारी आइपीओको बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइन राख्नुपर्छ। त्यसपछि मात्र यी समूहको शेयरको लकइन खुल्ने प्रावधान रहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार