माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफामा वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा १ अर्ब १० करोड २६ लाख नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २८.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८५ करोड ५४ लाख नाफा कमाएको थियो । बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

बैंकको चालु आवमा वितरणयोग्य नाफववा ७ करोड ७ लाख रहेको छ । गत वर्षको सोहि अवधिमा वितरणयोग्य नाफा ३० करोड ५६ लाखले ऋणत्मक रहेको थियो ।
बैंकको ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा सुधार भए सँगै नाफा बढेको देखिन्छ । बैंकको चालु आवको तेस्रो त्रैमासमा ब्याज आम्दानी ४ अर्ब २५ करोड ७ लाख रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको ब्याज आम्दानी ३ अर्ब ८४ करोड ९८ लाख रहेको थियो । बैंकको चालु आवको तेस्रो त्रेमासमा कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ६५ लाख रहेको छ भने गत आवको सोहि अवधिमा ४ अर्ब ६५ करोड ३७ लाख कुल सञ्चालन आम्दानी रहेको थियो ।

बैंकको चालु आवको तेस्रो त्रैमासमा सञ्चालन मुनाफा २ अर्ब ५ करोड ७८ लाख रहेको छ । गत आवको सोहि अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ३४ करोड ७१ लाख रहेको थियो ।

बैंकको चालु आवको तेस्रो त्रैमासमा कुल सम्पत्ति २ खर्ब ८ अर्ब ११ करोड पुगेको छ । गत आवको सोहि अवधिमा बैंकको कुल सम्पत्ति १ खर्ब ८९ अर्ब ६१ करोड रहेको थियो ।बैंकको चालु आवको तेस्रो त्रैमासमा कुल दायित्व १ खर्ब ८९ अर्ब ९५ करोड पुगेको छ । गत आवको सोहि अवधिमा बैंकको कुल दायित्व १खर्ब ७२ अर्ब ४९ करोड रहेको थियो ।

बैंकको चालु आवको तेस्रो त्रैमासमा कुल इक्विटी १८ अर्ब १५ करोड पुगको छ । गत आवको सोहि अवधिमा बैंकको कुल इक्विटी १७ अर्ब ११ करोड रहेको थियो ।
बैंकको खराब कर्जा भने बढेको छ । चैतसम्म ४.५९ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आवको सोहि अवधिमा भने ३.६८ प्रतिशत खराब कर्जा रहेको थियो । ११ अर्ब ६२ करोड १३ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रहेको छ ।

प्रतिशेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५६.२० रुपैयाँ छ र तरलता अनुपात २४.९६ प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार