नयाँ वर्षको पहिलो साता : शेयर बजारमा सुधार, लगानीकर्ताले कमाए ८६ अर्बको वृद्धिदर

काठमाडौं । नयाँ वर्षको पहिलो साता सकारात्मक रहेको छ । यो साता शेयर बजार तीन दिन बढेर बाँकी एक दिन भने घटेको थियो । कुल चार दिन बजार खुलेको हो । अघिल्लो साताहरुको तुलनामा यो साता लगानीकर्ताहरुले ठूलो लगानी गुमाउनु परेको छैन किनकि बजार सुधार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता ११ अर्ब ७९ करोड ५९ लाखले बढेको छ । गत साता २१ अर्ब ९ करोड ११ लाख कारोबार रकम यो साता ३२ अर्ब ८८ करोड ७१ लाखमा पुगेको छ ।

कारोबार रकमसँगै बजार पुँजीकरण रकम पनि बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ८६ अर्ब ४९ करोड २४ लाखले बढेको हो । गत साता ४४ खर्ब ३९ अर्ब ७३ करोड पुगेको बजार पुँजीकरण रकम यो साता ४५ खर्ब २६ अर्ब २३ करोड रहेको छ ।
कारोबार रकम, बजार पुँजीकरण रकम बढ्दा कारोबार कित्ता शेयरको संख्या पनि बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर ३ करोड ३२ लाख ९८ हजारले बढेको हो । गत साता ४ करोड २१ लाख १६ हजार शेयर कित्ता खरिद बिक्री हुँदा यो साता ७ करोड ५४ लाख १५ हजार पुगेको छ ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २७०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २७२२.७३ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ५२.०३ अंकले बढेको हो । गत साता नेप्से परिसूचक २६७०.७० विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४५८.२२ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा १२.१९ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४६.०३ विन्दुमा पुगेर बन्द भएको थियो ।

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने ११ वटा समुह बढ्दा बाँकी २ वटा समुह घटेको छ । गत साताको तुलनामा यो साता बैंकिङ २५, विकास बैंक २२९, वित्त १९, होटल र पर्यटन १५२, जलविद्युत १३२, लगानी ८, जीवन बीमा १४५, उत्पादन र प्रशोधन १८, लघुवित्त ४४, म्युअुचल फण्ड ०.२३, निर्जीवन बीमा ३३१ अंकले बढेको हो । भने व्यापार ९७ र अन्य समूह २२ अंकले घटेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार