CLI
Global College

कालिका लघुवित्तको ९ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ४६८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त संस्थापक शेयरहरु खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

शेयर खरिदका लागि कम्पनीको केन्द्रीय कार्यालय पोखरा – १०, कास्कीमा लिखित जानकारी गराउनुपर्नेछ ।

तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट शेयर खरीद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम शेयर बिक्री प्रकृया अगाडि बढ्ने संस्थाले जनाएको छ ।

Leave Your Comment

Related News