CLI
Global College

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । वैशाख १० गते बुधबार  स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  दुवै कम्पनीकोे भोलि अर्थात् वैशाख ११ गते बिहीबार बुक क्लोजको मिति भएकाले आजसम्मका शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

स्वरोजगार लघुवित्त

लघुवित्तले गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

स्वाभिमान लघुवित्त

लघुवित्तको आठौं वार्षिक साधारणसभा २०८२ वैशाख १९ गते बस्दैछ । सभा तिलोत्तमा–५, रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।सभाले गत आवका सबै वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

Leave Your Comment

Related News