चार दिन पछि बढ्यो शेयर बजार, नेप्से र कारोबार रकम सामान्य अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार बढेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.२३ अंकले बढेर ४४७.२६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.२२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५३ अंकले बढेको हो ।

बिहीबार ३०८ वटा कम्पनीको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम २४ करोड ३८ लाख ६४ हजारले बढी हो । बुधबार ३०८ वटा कम्पनीको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार पुगेको थियो ।

यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४४ खर्ब १९ अर्ब ७० करोड पुगेको छ ।

यसदिन ८३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको शेयर मूल्य घटेको १ वटा कम्पनीको स्थिर रहेको छ ।

यस दिन ५ वटा उपसमूह बढ्दा बाँकी ८ वटा घटेको छ । बैंकिङ ०.४६, जलविद्युत ८, लगानी ३, म्युअुचल फण्ड ०.०५ र व्यापार १८ अंकले बढ्दा विकास बैंक ४१, वित्त २१, होटल र पर्यटन ७६, जीवन बीमा ४३, उत्पादन र प्रशोधन १३, लघुवित्त २२, निर्जीवन बीमा ३५ र अन्य समूह ३ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, राधी विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेड, ङादी ग्रुप, युनिर्भसल पावर कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी रह्यो ।

ङादी ग्रुपको ७० करोड ३४ लाख, राधी विद्युत कम्पनीको ५७ करोड २३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेडको ५२ करोड ५२ लाख, युनिर्भसल पावर कम्पनीको ४७ करोड ३ लाख र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनीको २८ करोड २८ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार