काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार एक दिन मात्र बढ्यो । बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढ्दा बाँकी दिन घटेको हो ।
एक दिन मात्र बढेको यो सातामा नेप्से घट्दा कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार रकम ८ अर्ब ९ करोड ८३ लाखले बढेको छ । गत साता ३२ अर्ब ८८ करोड ७१ लाख कारोबार रकम हुँदा यो साता ४० अर्ब ९८ करोड ५४ लाख पुगेको छ ।
कारोबार रकम बढ्दा बजार पुँजीकरण रकम भने घटेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम १ खर्ब ६ अर्ब ५२ करोड ५२ लाखले घटेको हो । गत साता ४५ खर्ब २६ अर्ब २३ करोड पुगेको बजार पुँजीकरण रकम यो साता ४४ खर्ब १९ अर्ब ७० करोड रहेको छ ।
साथै कारोबार कित्ता शेयरको संख्या भने बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर २ करोड ७८ लाख ९९ हजारले बढेको हो । गत साता ७ करोड ५४ लाख १५ हजार शेयर कित्ता खरिद बिक्री हुँदा यो साता १० करोड ३३ लाख १५ हजार पुगेको छ ।
नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ६४.७१ अंकले घटेको हो । गत साता नेप्से परिसूचक २७२२.७३ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४७.२६ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा १०.९६ अंकले घटी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४५८.२२ विन्दुमा पुगेर बन्द भएको थियो ।
नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने २ वटा समुह बढ्दा बाँकी ११ वटा समुह घटेको छ । गत साताको तुलनामा यो साता उत्पादन र प्रशोधन ११२ र म्युअचल फण्ड ०.०५ अंकले बढेको हो ।
साथै गत साताको तुलनामा यो साता बैंकिङ ४८, विकास बैंक २७०, वित्त ११७, होटल र पर्यटन १७९, जलविद्युत ९६, लगानी १, जीवन बीमा २७६, लघुवित्त १२१, निर्जीवन बीमा २५५, व्यापषर ९५ र अन्य समूह ३६ अंकले घटेको हो ।