शेयर बजार बढ्यो, ३ अंकले नेप्से बढ्दा ३ अर्बले बढ्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार बढेको शेयर बजार आइतबार पनि बढेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.५८ अंकले बढेर २६१.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.८१ अंकले बढेर ४४९.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.४५ अंकले बढेको हो ।

आइतबार ३१४ वटा कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा कारोबार रकम २ अर्ब ९९ करोड ६६ लाख १० हजारले बढी हो । बिहीबार ३०८ वटा कम्पनीको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार पुगेको थियो ।

यसैबीच आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब २५ अर्ब ६५ करोड पुगेको छ ।

यसदिन १०४ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ६ वटा उपसमूह बढ्दा बाँकी ७ वटा घटेको छ । होटल र पर्यटन २५, जलविद्युत ३७, लगानी २.०६, उत्पादन र प्रशोधन ३०, म्युअुचल फण्ड ०.०४ र व्यापार ५३ अंकले बढ्दा बैंकिङ ५, विकास बैंक १, वित्त २६, जीवन बीमा १६, लघुवित्त ४५, निर्जीवन बीमा ४२ र अन्य समूह १४ अंकले घटेको हो ।

।यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेड, राधी विद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी प्रोमोटर शेयर रह्यो । ङादी ग्रुपको ८६ करोड १७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेडको ५६ करोड ३८ लाख, राधी विद्युत कम्पनीको ५६ करोड २० लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनीको ५२ करोड ७४ लाख र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी प्रोमोटर शेयरको ४७ करोड ८२ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार