RE
Global College

आर्थिक सुधारसँगै सो एनपीएल पनि सुधार हुनेः कायमुकायम गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायमुकायम गभर्नर नलिम ढुंगाना तिम्सिनाले मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई सक्रिय बनाउन हदैसम्मको प्रयास गरिएको बताएकी छिन् ।

उनका अनुसार, हालको अत्यधिक तरलता, न्यून ब्याजदर र सबल बाह्य क्षेत्र परिसूचकहरूले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ। पछिल्लो सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिका तथ्यांकहरूले पनि आर्थिक गतिविधि विस्तार हुँदै गएको पुष्टि गरेको ढुंगानाको भनाइ छ।

विगतमा आएको आर्थिक मन्दीले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा असुलीमा प्रभाव पार्दा निष्क्रिय कर्जा अनुपात (एनपीएल) बढेको भए पनि, अहिले आर्थिक सुधारसँगै सो अनुपातमा पनि सुधारको अपेक्षा गरिएको उनले बताइन् ।

गभर्नर ढुंगानाले वित्तीय स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नियमनकारी व्यवस्थाले प्रभावकारी परिणाम दिन थालेको उल्लेख गरे। मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समष्टिगत आर्थिक स्थायित्व सुदृढ गर्न राष्ट्र बैंक कटिबद्ध रहेको उनले स्पष्ट पारे।

यद्यपि, उनले हाल अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक सहयोग नीति तथा बढ्दो भूराजनीतिक तनावका कारण अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम कायमै रहेको चेतावनी पनि दिए।

राष्ट्र बैंकले सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै आवश्यक नीतिगत उपायहरू अवलम्बन गर्ने तयारी गरिरहेको ढुंगानाले जानकारी गराइन् ।

NECO

Leave Your Comment

Related News