RE
Global College

बैंकहरुको मुद्दति निक्षेपमा ३ अर्ब ८४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ३ अर्ब ८४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ वाणिज्य बैंकमा, ५७ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १९ करोड २१ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा निक्षेप लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले २०८२ वैशाख १७ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दति निक्षेप सन् २०२५ मे १७ देखि सन् २०२६ मे १७ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

NECO

Leave Your Comment

Related News