CLI
Global College

नेको इन्स्योरेन्सको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सले वैशाख १२ देखि निष्कासन गरिरहेको २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता बाँकी बसेकोमा सोही शेयर बिक्री खुला गरेको हो।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ भने आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

यसमा आज बैंकिङ्ग सयमसम्म मात्रै आवेदन दिन सकिने छ। कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Leave Your Comment

Related News