काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र बाँडफाँड गरिएको छ ।
कुल २५,००,००० कित्ता ऋणपत्र मध्य व्यक्तिगत तबरबाट १५ लाख कित्ता तथा सर्वसाधारण नेपाली नागरिकहरुमा १० लाख कित्ता गरेर बैंकले एक हजार अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको गरेको थियो ।
सुरुमा वैशाख ७ गतेदेखि १० गतेसम्म र त्यसपछि ढिलोमा वैशाख २१ गतेसम्म हुनेगरी म्याद थप गरेर २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको बैंकले आइतबारसम्म माग भन्दा अधिक ऋणपत्र खरिदको लागि आवेदन प्राप्त भएको थियो ।
सो अवधि भित्र प्राप्त भएका आवेदनहरुको प्रशोधन गरी योग्य आवेदकहरुलाई कुल २५ लाख कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।
बाँडफाँडमा परेका ऋणपत्रको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको वेबसाइट सानिमा क्यापिटल वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट आईपीओ रिजल्ट डट सीडीएससीमार्फत हेर्न सकिनेछ ।


