CLI

९ महिनामा निर्जीवन बीमा कम्पनीद्धारा ३२ अर्ब बढी बीमा शुल्क आर्जन, सबैभन्दा बढी शिखरले गर्यो बीमा शुल्क आर्जन

काठमाडौं । निर्जीवन बीमा कम्पनीद्धारा बीमालेखा जारी गरी आर्जन गरिने बीमा शुल्क बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव) को चैतमसान्तसम्म (नौ महिना) बीमा कम्पनीहरुले २१ लाख ३५ हजार २३३ बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा बीमा शुल्क आर्जन ६.५६ प्रतिशतले बढी हो ।

गत आवको चैतमसान्तसम्म बीमा कम्पनीहरुले २२ लाख ६२ हजार ३२६ वटा बीमालेख जारी गरी ३० अर्ब १५ करोड ३० लाख बीमाशुल्क आर्जन गरेको हो ।मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले उक्त आम्दानी गरेको प्राधिकरणले जनाएको छ ।

चालु आवको नौ महिनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेनस हुँदा सबैभन्दा कम नेशनल इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ३४ करोड ५८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड ५८ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड ९४ लाख र आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ७३ करोड ४९ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

सोहि अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ७८ करोड ५५ लाख,नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ४७ करोड १८ लाख, दि ओरिएन्टल कम्पनीले २ अर्ब १५ करोड ४६ लाख र एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब १३ करोड ४५ लाख बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड २६ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ३० करोड ९४ लाख, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १९ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ८५ करोड ४९ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ८७ करोड ९५ लाख बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले बीमालेख बिक्री तथा नविकरणमार्फत् उक्त रकम आर्जन गरेका हुन् ।

चालु आवको नौ महिनमा शिखरले २ लाख २७ हजार ४२८ वटा, सिद्धार्थ प्रिमियरले २ लाख २९ हजार ५५३ वटा, सगरमाथा लुम्बिनीले २ लाख १३ हजार ३७४ वटा र आइजिआई प्रूडेन्सियलले १ लाख ६८ हजार ३३९ वटा बीमालेख बिक्री तथा नविकरण गरेका छन् ।

सोहि अवधिमा हिमालयन एभरेष्टले २ लाख ५ हजार ८०८ वटा, नेको इन्स्योरेन्सले २ लाख १९ हजार ७७६ वटा, द ओरिएण्टलले ३३ हजार ५०१ वटा र एनएलजी इन्स्योरेन्सले १ लाख ४४ हजार ८५४ वटा बीमालेखा बिक्री तथा नविकरण गरेका छन् ।

समिक्षा अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले १ लाख ४६ हजार ९३५ वटा , राष्ट्रिय बीमा कम्पनीले १ लाख ५२ हजार ७९ वटा, प्रभु इन्स्योरेन्सले ९४ हजार ९१९ वटा, सानिमा जिआईसीले १ लाख २ हजार १०८ वटा , युनाइटेड अजोडले १ लाख ७४ हजार २११ वटा र नेशनल इन्स्योरेन्सले २२ हजार ३४८ बिमालेख बिक्री तथा नविकरण गरेका छन् । प्राधिकरणका अनुसार समिक्षा अवधिमा ११ वटा निर्जीवन बीमाको व्यापार बढ्दा ३ वटाको भने घटेको हो ।

Leave Your Comment

Related News