६ दिन पछि बढेको शेयर बजारमा गिरावट, दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम बढ्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । गत सोमबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार र बुधबार बढेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १२.०४ अंकले घटेर ४४८.८९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.७१ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९३ अंकले घटेको हो ।

बिहीबार ३१५ वटा कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर खरीद बिक्री हुँदा कराोबार रकम ११ अर्ब ६५ करोड १७ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम १ अर्ब १३ करोड १६ लाख ११ हजारले बढी हो । बुधबार ३०८ वटा कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार पुगेको हो ।

यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४४ खर्ब २७ अर्ब ५३ करोड पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ४७ अर्ब ५७ करोड पुगेको हो ।

यसदिन ९६ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा उपसमूह बढ्दा ८ वटा उपसमूह घटेको छ । वित्त १०५, जलविद्युत १, जीवन बीमा २, उत्पादन र प्रशोधन १२ र म्युअुचल फण्ड ०.०१ अंकले बढ्दा बैंकिङ ११, विकास बैंक ३०, होटल र पर्यटन ९, लगानी ०.०४, लघुवित्त ६, निर्जीवन बीमा २३, व्यापार ९२ र अन्य समूह ४२ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, सानिमा माई हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, राधी विद्युत कम्पनी र अपि पावर कम्पनी रह्यो ।

ङादी ग्रुपको ७८ करोड ४५ लाख, सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख, युनिभर्सल पावर कम्पनीको ५७ करोड १ लाख, राधी विद्युत कम्पनीको ४३ करोड ३९ लाख र अपि पावर कम्पनीको ३८ करोड ९६ लाख बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार