गोर्खाज फाइनान्सको स्थगित साधारण सभा पुनः बस्ने

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले ३० औं वार्षिक साधारण सभा पुनः आह्वान गरेको छ । पुस २९ गते स्थगित भएको वार्षिक साधारण सभा आगमी जेठ ९ गते पूर्वनिर्धारित प्रस्तावहरु पारितका लागि आह्वान गरेको हो ।

वैशाख २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको पुतलीसडकस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।
कम्पनीले उक्त साधारण सभा प्रयोजनाका लागि पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखापरीषक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने विषय निर्धारण गर्नेछ ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले त्यसका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई तोक्नेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार