गभर्नर नियुक्ति केही दिनमै हुने, दलहरुबीच कुनै असमझदारी छैनः एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया निष्कर्षमा पुग्न लागेको बताएका छन्।

शुक्रबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका विषयमा दलहरूबीच कुनै असमझदारी नरहेको दाबी गरे। बर्तौलाका अनुसार नियुक्ति प्रक्रिया नियमित ढंगबाट अघि बढिरहेको छ, तर विषय अदालतसम्म पुगेका कारण केही ढिलाइ भएको हो।

‘सरकारले छिटोभन्दा छिटो गभर्नर नियुक्तिको प्रक्रिया निष्कर्षमा पुर्‍याउनेछ,’ उनले भने, ‘सरकारमा रहेका दलहरूबीच यस विषयमा कुनै अन्तरविरोध छैन। केही कानुनी अड्चनहरू देखिए पनि प्रक्रिया नियमित र सहमतिपूर्ण ढंगमै अगाडि बढिरहेको छ।’

उनले उपयुक्त व्यक्तिलाई उपयुक्त समयमा जिम्मेवारी दिने सरकारको नीति रहेको उल्लेख गर्दै केही दिनभित्रै गभर्नर नियुक्तिको निर्णय सार्वजनिक हुने विश्वास व्यक्त गरे।

‘थोरै ढिलो भएजस्तो देखिए पनि निर्णय अब चाँडै हुनेछ,’ बर्तौलाले भने।

साथै, प्रमुख सचेतक बर्तौलाले वर्तमान संविधान र व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधिको सशक्त प्रतिवाद र विरोध गर्ने सरकारको अडान दोहोर्याए।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार