पाँचौ दिन पनि घट्यो शेयर बजार, नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । आइतबार देखि घटेको शेयर बजार बिहीबार पनि सामान्य अंकले घटेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९६ अंकले घटेर ४४०.४७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.७३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५४ अंकले घटेको हो ।

बिहीबार ३२० वटा कम्पनीको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार पुगेको छ । जुन बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ६५ करोड ३२ लाख २२ हजारले कम हो । बुधबार ३१५ वटा कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार पुगेको हो ।

यसैबीच बिहीबार बजार पुँजीकरण रकम ४३ खर्ब ४४ अर्ब ७० करोड ५८ लाख पुगेको छ । बुधबार भने बजार पुँजीकरण रकम ४३ खर्ब ५८ अर्ब ७१ करोड पुगेको हो ।

यसदिन ८२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ३ वटा उपसमूह बढ्दा १० वटा उपसमूह घटेको छ । होटल र पर्यटन ३२४, म्युअुचल फण्ड ०.०५ र व्यापार ३१ अंकले बढ्दा बैंकिङ ४, विकास बैंक ११७, वित्त १९, जलविद्युत २३, लगानी ०.०५, जीवन बीमा ५६, उत्पादन र प्रशोधन ३३, लघुवित्त ३, निर्जीवन बीमा ५० र अन्य समूह २६ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सोल्टी होटल, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप र सानिमा माई हाइड्रोपावर रह्यो । सोल्टी होटलको ४६ करोड १९ लाख, राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख, युनिभर्सल पावर कम्पनीको ३३ करोड ४५ लाख, ङादी ग्रुपको ३२ करोड ३६ लाख र सानिमा माई हाइड्रोपावरको २७ करोड ७ लाख बराबर करोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार