CLI
Global College

नेपाल पुनर्बीमाको नाफा ५८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ५७.७१ प्रतिशत बढी खुद नाफा गरेको छ।

कम्पनीले गत वर्षको पुस मसान्तसम्म ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ५३ करोड २६ लाख रुपैयाँ पुगेको हो । यससँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १.३३ रूपैयाँले बढेर ३.९७ रुपैयाँ कायम भएको छ।

कम्पनीले गत वर्ष ३ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ३ अर्ब रुपैयाँ नाघेको छ। जुन समिक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ३१.७८ प्रतिशतको वृद्धिदर हो ।

त्यस्तै यस वर्ष कम्पनीको कुल आम्दानी २४.१८ प्रतिशतले बढ्दा कुल खर्च भने १९.५५ प्रतिशतले बढेको छ। कम्पनीको कु्ल आम्दानी ३ अर्ब ९६ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड नाघ्दा कुल खर्च ३ अर्ब ४८ करोड रुपैयाँबाट बढेर ४ अर्ब १६ करोड पुगेको छ।

चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको यस कम्पनीको विशेष रिर्जभ कोषमा ४ अर्ब ६७ करोड रुपैयाँ, महाविपत्ति कोषमा ३५ करोड रुपैयाँ र जगेडा कोषमा ७६ करोड ४२ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १४८.९६ रुपैयाँ र पीइ रेसियो १९१.५० रहेको छ ।

Leave Your Comment

Related News