CLI

प्रभु क्यापिटलको ईकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने

काठमाडौं ।  प्रभु क्यापिटल लिमिटेडले खुलामुखी प्रकृतिको म्युचुअल फण्ड योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ । उक्त स्किम अन्तर्गतका इकाईमा आजदेखि आवेदन दिन सकिनेछ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको हो । कुल ४ करोड इकाईको संरचनामा रहेको स्किममध्ये ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलको नाममा सुरक्षित राखिएको छ ।

लगानीकर्ताले उक्त योजनामा जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण इकाई विक्री नभएमा असार ६ गतेसम्म आवेदन खुला रहने व्यवस्था गरिएको छ ।

Leave Your Comment

Related News