वाईफाई नेपालको ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले ‘मनसुन अफर–सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले १०० एमबीपीएस उच्च गतिको इन्टरनेट सेवासहित यो अफर ल्याएको हो ।

यस अफर अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज ८ हजार ५०० रुपैयाँमा उपलब्ध गराइने र उक्त मूल्यमा कुनै थप शुल्क नलाग्ने (भ्याटसहित) कम्पनीले जानकारी दिएको छ ।
वाईफाई नेपालका प्रमख कायवकारी अधिकत शत्रुहन पञ्जियार भने, ‘ वाईफाई नेपालको लक्ष्य सधै सबै नेपालीहरूलाई छिटो र भरपदो इन्टरनेट सेवा किफायती मुल्यमा उपलब्ध गराउनु नै हो। हामीले १०० एमबीपीएस सेवा सफलताका साथ संचालन गरिराख्दा आज हाम्रा ग्राहकहरुलाई मध्यनजर गर्दै मनसुन अफर सार्बजनिक गरेको छौँ। यस अफरको फाइदा लिनुहुन सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछु। ’

कम्पनीले देशैभरिका ४८ वटा शाखाका १०० भन्दा बढी शहरहरुमा ४४३ जना प्राविधिक जनशक्ति परिचालनमा रहेको जानकारी दिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार